Sun. Sep 29th, 2024

अमेरिकाले थाइवानलाई हतियार बेचेकोमा चीनको आपत्ति

काठमाडौं, २०७७ असार ३० गते मंगलबार

अमेरिकाले थाइवानलाई हतियार बेचेकोमा चीनले आपत्ति जनाएको छ ।

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता चाउ ली च्यानले अमेरिकाले थाइवानलाई हतियार बेचेकोमा चीनले कडा विरोध गरी त्यसको मुख्य ठेकेदार लकहिद मार्टिन कोपरेशनलाई प्रतिबन्ध लगाउने निर्णय गरेको बताउनु भएको छ ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार जुलाई १४ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता चाउले उक्त कुरा बताउनुभएको हो। प्राप्त समाचारका अनुसार, जुलाइ ९ तारिख अमेरिकी रक्षा मन्त्रालयको सुरक्षा सहयोग विभागले एक वक्तव्य प्रकाशित गरी अमेरिकी विदेश मन्त्रालयले थाइवानलाई देशभक्त-३ मिसाइलको पुनःप्रमाण प्रदान गर्न स्वीकार गरेको छ भने ६२ करोड अमेरिकी डलरको उक्त कार्यक्रमको मुख्य ठेकेदार लकहिद मार्टिन कोपरेशन हो भन्ने जानकारी दिएको थियो।

चाउ ली च्यानले एक चीनको नीति र चीन-अमेरिका तीनवटा संयुक्त विज्ञप्तिका नियममा अडिग रहेर थाइवानलाई हतियार बेच्न रोक्न अमेरिकालाई ताकिता गरेको दोहोर्‍याउनुभयो। राष्ट्रिय हितको संरक्षण गर्न चीनले आवश्यक कदम चालेर उक्त कार्यक्रमका मुख्य ठेकेदार लकहिद मार्टिन कोपरेशनलाई प्रतिबन्ध लगाउने निर्णय गरेको पनि चाउले जनकारी दिनुभयो ।

Facebook Comments