अयोध्यातिर ध्यान नमोडौं, लिम्पियाधुरामा हक कायम गर्न पहल थालौं : कांग्रेस
काठमाडौं, २०७७ असार ३० गते मंगलबार
प्रमुख विपक्षी नेपाली कांग्रेसले लिम्पियाधुरा छाडेर अयोध्यातिर ध्यान नमोड्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या भारतमा नभई ठोरीमा रहेको भन्दै अभिव्यक्ति दिएपछि कांग्रेसले सरकारको कर्तव्य तत्कालीन कोरोना र कालापानी भएको बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘अयोध्यातिर ध्यान नमोडौं, संसदबाट पारित नक्सामा हक कायम गर्न गम्भीर कूटनीतिक पहल थालौं ।’
Facebook Comments