Thu. Apr 30th, 2026

अमेरिकाले महामारी सामना गर्न गलत बाटो रोजेको विशेषज्ञको भनाइ

       

काठमाडौं, २०७७ असार १९ गते शुक्रबार

अमेरिकी राष्ट्रिय एलर्जी तथा संक्रामक रोग अनुसन्धान केन्द्रका प्रमुख एवं संक्रामक रोग विशेषज्ञ अन्थोनी फाउचीले अमेरिकाको महामारी नियन्त्रणप्रति कडा असंतोष व्यक्त गर्नुभएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार  जुन ३० तारिख उहाँले सीनेटको सुनुवाईमा सम्बोधन गर्दै अमेरिकाले गलत बाटो रोजेर परिस्थितिको पूर्ण नियन्त्रण गर्न नसकेको बताउनुभयो।

उहाँका अनुसार, यदि शरदको फ्लू ऋतु सुरू भएको बेलामा कोरोना भाइरस पनि समुदायमा फैलिएमा अमेरिकी स्वास्थ्य प्रणालीका सामु ठूलो बोझ देखा पर्नेछ।

अमेरिकामा कोभिड-१९ महामारी गम्भीर हुँदैआएको छ। जुलाई १ तारिखमा अमेरिकामा महामारीबाट नयाँ संक्रमित बिरामीको संख्य पहिलोपटक पचास हजारभन्दा बढी पुगेको छ।

Facebook Comments

सम्बन्धित समाचार