Sat. Nov 23rd, 2024

झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ वटा शव निकालिए   

मलेखु (धादिङ), २०८१ असोज १२ गते शनिबार । काठमाण्डू र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ ।

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार बुटवलबाट काठमाण्डूतर्फ आउँदै गरेको लु१ज ४५७८ नम्बरको माइक्रोबसबाट र नम्बर नखुलेको बसबाट ती शवहरु निकालिएका हुन् । “कुन सवारीसाधनबाट कति जनाको शव निकालेको भन्ने यकिन जानकारी हुन सकेको छैन”, उहाँले भन्नुभयो, “पहिरोबाट तीनवटा सवारीसाधन पुरिएका छन् ।”

पहिरोमा फसेका यात्रु र सवारीसाधनको उद्धार कार्य जारी रहेको प्रजिअ पाण्डेले राससलाई जानकारी दिनुभयो ।

Facebook Comments