Sat. Oct 26th, 2024

टिकटक खुल्यो

काठमाण्डू, २०८१ भदौ २१ गते शुक्रबार । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएपछि सबैतिर टिकटक चल्न थालेको छ । आज सूचना सार्वजनिक गर्दै प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट खुला गर्न निर्देशन जारी गरेको जानकारी गराएको थियो ।

२०८१ भदौ ६ गते सरकारले गरेको निर्णय अनुसार टिकटकमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ अनुसार अधिकार प्रयोग गरेर सूचना प्रकाशित गरिएको उल्लेख छ ।

मन्त्रिपरिषदले भदौ ६ गते सर्तसहित टिकटक खुला गर्ने निर्णय गरेको थियो । सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको निर्देशनका आधारमा ६ गते सञ्चार मन्त्रालयले टिकटक खुला गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो।

060a7c35-f744-4b41-9237-b551209ddb50-1725617560.jpg

Facebook Comments