Sun. Oct 27th, 2024

मन्त्री गुरूङद्वारा राजीनामा   

गण्डकी, २०८१ भदौ १७ गते सोमबार । गण्डकी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री राजीव गुरूङले पदबाट राजीनामा दिनुभएको छ । आज मन्त्रिपरिषद् हेरफेरका क्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालीरहनुभएका उहाँलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

गुरूङले परिवर्तित राजनीतिक घटनाक्रममा कारण राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उहाँको राजीनामा स्वीकृत गर्नुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

गुरूङ मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । मुख्यमन्त्री पाण्डेले आजै नेकपा (एमाले) का चार जना मन्त्री नियुक्त गर्नुभएको थियो ।   रासस

Facebook Comments