Sun. Oct 27th, 2024

पैचिङमा “अफ्रिकी साझेदार” मिडिया अभियान

काठमाण्डू । चीन-अफ्रिका सहयोग शिखर सम्मेलन २०२४ मञ्च आयोजित हुन लागेको अवसरमा चाइना मिडिया ग्रुपले पैचिङमा अगस्ट ३१ तारिख “अफ्रिकी साझेदार” शीर्षकको मिडिया कार्यक्रम आयोजना गरेको छ। चीन र २० भन्दा बढी अफ्रिकी देशका अन्तर्राष्ट्रिय संस्थाहरू, सञ्चारमाध्यमहरू, थिंक ट्याङ्कहरू र अन्य क्षेत्रका २०० भन्दा बढी प्रतिनिधि सो कार्यक्रममा सहभागी छन् ।

2024090117171266274-1725262663.jpg

युगान्डा गणतन्त्रका राष्ट्रपति योवेरी कागुटा मुसेभेनी, मध्य अफ्रिकी गणतन्त्रका राष्ट्रपति फाउस्टिन-आर्चेन्ज टाउडेरा र सेशेल्स गणतन्त्रका राष्ट्रपति वेभ रामकलावानले भिडियो मार्फत सन्देशहरू पठाउनुभयो। उहाँहरुले चीन र अफ्रिकाबीचको व्यावहारिक सहकार्य गहन बनाउने र सञ्चार आदान-प्रदानलाई सुदृढ पार्ने इच्छा व्यक्त गर्नुभयो।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका उपमन्त्री तथा चिनियाँ मिडिया ग्रुपका निर्देशक शन हाइ स्युङले चिनियाँ कम्युनिष्ट पार्टी २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले चीन-अफ्रिका सहकारी साझेदारी व्यापक रणनीतिका लागि नयाँ अवसर प्रदान गरेको बताउनुभयो ।  सीएमजी

Facebook Comments