Mon. Oct 28th, 2024

प्रधानमन्त्रीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको बिदाइ भेट   

काठमाण्डू, २०८१ भदौ ९ गते आइतबार ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले आज बिदाइ भेट गर्नुभएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा भएको भेटमा राजदूत भोल्कले आफ्नो कार्यकालमा दुई देशका बीचमा भएका महत्त्वपूर्ण कामबारे जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उहाँ कार्यकाल पूरा गरी सोमबार स्वदेश फर्कदै हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले राजदूत भोल्कलाई कार्यकाल सफलतापूर्वक पूरा गरेकामा आभार व्यक्त गर्नुभयो । सो अवसरमा दुुईपक्षीय हितका विविध विषयमा सहयोग आदानप्रदान गर्न छलफल भएको थियो ।

भेटमा परराष्ट्र मन्त्रालयका अधिकारीको सहभागिता थियो ।  रासस

Facebook Comments