Wed. Oct 16th, 2024

ताप्लेजुङ गोल्डकपः सिरहा सेमिफाइनलमा   

फुङ्लिङ (ताप्लेजुङ) २०८१ भदौ ४ गते मंगलबार । सलहेस युवा क्लब सिरहा ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पाँचथर फुटबल क्लबलाई १-० ले पराजित गर्दै सिरहा सेमिफाइनलमा पुगेको हो ।

लाखेजात्राका अवसरमा लाखे जात्रा सञ्चालन समितिद्वारा भानुजन माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोतितामा आठ टोली सहभागी छन् । सेमिफाइनलमा सिरहाले यही भदौ ६ काठमाण्डू र झापाबीचको बिजेतासँग खेल्नेछ ।

प्रतियोगिताको बिजेताले रु पाँच लाख र उपबिजेताले रु दुई लाख ५० हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । साथै विभिन्न बिधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने जनाइएको छ ।

Facebook Comments