Sat. Nov 23rd, 2024

आज राष्ट्रिय सूचना दिवस मनाइँदै   

काठमाण्डू, २०८१ भदौ ३ गते सोमबार । सूचनाको हकसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरी देशभर १८औँ राष्ट्रिय सूचना दिवस मनाइँदैछ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिनलाई राष्ट्रिय सूचना दिवसका रुपमा मनाइँदै आएको हो ।

सबै नागरिकलाई सूचना माग गर्ने र प्राप्त गर्ने संवैधानिक हकको कार्यान्वयनका लागि कानुन कार्यान्वयनमा आएपछि यो दिवस मनाउन थालिएको हो । सूचना दिवसका अवसरमा प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक कार्यान्वयन अझ प्रभावकारी बनाउँदै लैजान आवश्यक रहेको बताउनुभयो । प्रमुख सूचना आयुक्त गुरुङले सबै सार्वजनिक निकायले सूचनाको हकको कार्यान्वयनमा सक्रियतापूर्वक आफ्नो भूमिका निर्वाह गर्न र गराउनसमेत आह्वान गर्नुभएको छ ।

सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि राजनैतिक दल तथा नेतृत्व, सार्वजनिक निकायका पदाधिकारी, सूचनाको हकका अभियन्ता, सञ्चारकर्मी, नागरिक समाजको भूमिका महत्वपूर्ण हुने आयोगले जनाएको छ ।

राष्ट्रिय सूचना दिवसका अवसरमा आयोगले आज आयोजना गर्ने कार्यक्रमको प्रमुख आतिथ्यता उपराष्ट्रपति रामसहायप्रसाद यादवलले गर्नुहुने आयोगले जनाएको छ ।  रासस

Facebook Comments