Sat. Oct 19th, 2024

पहिरोमा परी एकैघरका तीनजनाको मृत्यु   

काँक्रेविहार (सुर्खेत), २०८१ भदौ ३ गते सोमबार । जाजरकोटको नलगाड नगरपालिका-२ माझगाउँमा आज बिहान पहिरोमा परी एकैघरका तीनजनाको मृत्यु भएको छ । मृत्युहुनेमा नलगाड-२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन् ।

उनीहरु भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको नगरप्रमुख रावतले बताउनुभयो । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै छ । रासस

Facebook Comments