Tue. Oct 22nd, 2024

बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा काफ्ले   

हेटौँडा, २०८१ भदौ २ गते आइतबार । बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । पच्चीस वर्षदेखि निरन्तर कानुन व्यवसायीका रुपमा कार्यरत उहाँले यसअघि पूर्वकानुन तथा न्यायमन्त्री भीमबहादुर तामाङ र पूर्वमहिला तथा समाजकल्याणमन्त्री लीला कोइरालाको सल्लाहकार भएरसमेत काम गरिसक्नुभएको छ ।

नेपाल बार एशोसिएसनको सदस्य रहनुभएका काफ्ले नेपाल बार एशोसिएसन र काठमाण्डू  जिल्ला बारका विभिन्न समिति रहेर काम गर्नुभएको छ ।  रासस

Facebook Comments