Fri. Oct 25th, 2024

प्रधानमन्त्री ओलीसँग जर्मनीका राजदूत पिन्जको शिष्टाचार भेट   

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जर्मनीका राजदूत डा. थोमस पिन्जबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता गर्दै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाण्डू, २०८१ साउन ३२ गते शुक्रबार । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस पिन्जले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुुई देशबीच ६६ वर्षदेखि हुँदै आएको कूटनीतिक र आर्थिक सम्बन्ध तथा आपसी हितबारे छलफल भएको छ । जर्मनी नेपालको एक ठूलो र पुरानो विकास र व्यापारको साझेदार मुलुक हो । प्रधानमन्त्री ओलीले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकामा जर्मनीप्रति आभार व्यक्त गर्नुभयो ।

भेटका अवसरमा प्रधानमन्त्रीको निजी सचिवालय र परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।  रासस

Facebook Comments