Sun. Oct 27th, 2024

प्रदेशमा लगानी सम्मेलन आयोजना हुन्छः मुख्यमन्त्री कार्की

मोरङ, २०८१ साउन ३१ गते बिहीबार । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा यस वर्ष लगानी सम्मेलनको आयोजना गरिने बताउनुभएको छ । वर्तमान सरकार स्थापना भएको एक सय दिनको पूर्वसन्ध्यामा उद्योगी, व्यापारीसँग आयोजित अन्तरक्रियामा उक्त जानकारी दिँदै उहाँले सम्मेलनमा स्वदेशी तथा छिमेकी मुलुकका उद्यमीलाई यस क्षेत्रमा लगानीका लागि आकर्षित गरिने बताउनुभयो ।

मुख्यमन्त्री कार्की निजी क्षेत्रले सुनसरीको अमडुवामा(बर्जु गाउँपालिका) उद्योग स्थापनाका लागि तयार भए छ सय ५० विघा जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त्त गर्नुभयो । उहाँले प्रदेश सरकारले निजी क्षेत्रको सहयोगमा पर्यटकीय स्थललाई दुई ठूला छिमेकी मुलुकमा प्रबर्द्धन गरी पर्यटक आगमन बढाउने पनि उल्लेख गर्नुभयो ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेशलाई आत्मनिर्भर बनाउन कृषिको व्यवसायिकरण, आधुनिकरण र लगानी वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष राजेन्द्र राउतले सरकारसँग समन्वय गरी जनताको समृद्धि कायम गर्न अगाडि बढ्ने बताउनुभयो ।  रासस

Facebook Comments