Sun. Sep 22nd, 2024

पाकिस्तानको आदिवासी द्वन्द्वमा ४२ जनाको मृत्यु   

  पाकिस्तान, २०८१ साउन १४ गते सोमबार । उत्तर पश्चिमी पाकिस्तानमा आदिवासी जनजातिहरू बिचको भूमि विवादको द्वन्द्वमा कम्तिमा ४२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

पाकिस्तानमा आन्तरिक द्धन्द्ध चलिरहेको अवस्थामा खैबर पख्तुनख्वाको पहाडी उत्तरपश्चिमी क्षेत्रको द्वन्द्व लामो र हिंसात्मक हुन सक्ने उनीहरूले बताएका छन् ।

अधिकारीका अनुसार सुन्नी मुस्लिम मदागी र शिया माली खेल जनजातिहरू यस क्षेत्रमा बुधबारदेखि लडिरहेका छन् । बन्दुकधारीले कृषि भूमिको विवादमा गोली हानेको स्थानीय प्रहरी अधिकारी मुर्तजा हुसेनले जानकारी दिनुभयो ।

आक्रमणको जानकारी दिँदै अफगानिस्तानको सिमावर्ती जिल्ला कुर्रम छेउछाउका बासिन्दाबीच लामो समयदेखि धार्मिक तनाव बढिरेको जनाउनुभएको छ ।

सरकारले कुर्रम आदिवासी जिल्लामा युद्धविराम गरेपछि पनि गोलीबारी पुनः भएको खैबर पख्तुनख्वाको प्रान्तीय आन्तरिक मन्त्रालयका एक वरिष्ठ अधिकारीले नाम नबताउने सर्तमा जानकारी गराए ।

स्थानीय प्रहरीका अनुसार बुधबारदेखिको द्वन्द्वमा ४२ जनाको मृत्यु हुनुका साथै १८३ जना घाइते भएका छन् ।

पाकिस्तानको मानव अधिकार आयोगले द्वन्द्वले सर्वसाधारणमा क्षति पु¥याउनुका साथै आवागमन अवरुद्ध भएको जनाएको छ ।

पाकिस्तानमा लामो समयदेखि सुन्नी र सिया समुदायबीच गहिरो असमानजस्यता कायम रहेको छ ।

कुर्रम पूर्व आदिवासी क्षेत्रको हिस्सा हो, जुन सन् २०१८ मा खैबर पख्तुनख्वा प्रान्तमा गाबिएको थियो ।  एएफपी

Facebook Comments