Fri. Oct 18th, 2024

सिमलताल पहिरोः बगेका बसका पाँचजनाको शव भेटियो   

चितवन, २०८१ असार ३० गते आईतबार । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका-१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका-३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । भेटिएका मध्ये दुईजनाको परिचय खुल्न बाँकी छ ।

काठमाण्डूबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३-००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाण्डूतर्फ गइरहेको बागमती प्रदेश०३-००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए । गौरतर्फ गइरहेको बसमा ३८ जना र काठमाण्डूतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए । रासस

Facebook Comments