Fri. Oct 18th, 2024

नयाँ सरकारप्रति सेयर बजार सकरात्मक प्रि ओपन सेसन नेप्से सूचक ३४.७९ अंकले बढ्यो

महेश भट्टराई/काठमाण्डू,२०८१ असार ३० गते आईतबार । नयाँ सरकारप्रति सेयर बजार सकरात्मक देखिएको छ । त्यसमा पनि एमालेका विष्णुप्रसाद पौडेल अर्थ मन्त्री बन्ने हल्लासँगै आईतबार प्रि ओपन सेसन नेप्से सूचक ३४.७९ विन्दुले बढेको छ ।

यससँगै सूचक २२३९.४१ अंकमा पुगेको छ । ६ करोड लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९२ कम्पनीको १ लाख ८० हजार ५१ कित्ता सेयर कारोबार भएको छ ।कुल १८० कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Facebook Comments