Sun. Sep 22nd, 2024

गोवामा अन्तर्राष्ट्रिय श्रव्य, दृष्य तथा मनोरञ्जन शिखर सम्मेलनको आयोजना हुने     

नयाँदिल्ली, २०८१ असार २९ गते शनिबार । भारतको सूचना प्रसारण मन्त्रालयले सन् २०२४ नोभेम्बर २० देखि २४ सम्म अन्तर्राष्ट्रिश्रव्य, दृष्य तथा मनोरञ्जन शिखर सम्मेलन (वेभ) को पहिलो संस्करण गोवामा आयोजना गर्ने भएको छ ।

केन्द्रीय सञ्चार मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, “सञ्चार र मनोरन्जन उद्योग रोजगारीको प्रमुख स्रोत हो । यसले हाल लगभग २५ लाख मानिसहरूलाई रोजगारी प्रदान गरिरहेको छ । हालका वर्षहरूमा यसले महत्त्वपूर्ण संरचनात्मक परिवर्तनहरू अनुभव गरेको छ ।”

उहाँले भन्नुभयो, “यी परिवर्तनहरूलाई सम्बोधन गर्न र रोजगारीलाई बढावा दिनको लागि, भारतको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) सँगसँगै आयोजित यो विश्वव्यापी शिखर सम्मेलनको उद्देश्य पर्याप्त रोजगारी सिर्जना गर्ने हो ।”

केन्द्र सरकारको कदमलाई स्वागत गर्दै गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले बताउनुभयो, “म मन्त्रालयले गरेको निर्णयलाई स्वागत गर्छु । हामीले विगत २० वर्षदेखि आईएफएफआई आयोजना गर्दै आएका छौं । हामी वेभ शिखर सम्मेलनलाई सफल बनाउन प्रतिबद्ध छौं ।”

सूचना तथा प्रसारण मन्त्रालयका अनुसार फिल्म, टिभी, प्रसारण, प्रिन्ट, रेडियो, समाचार, विज्ञापन, एनिमेसन, भिएफएक्स, गेमिङ र ई-खेलकुद, सङ्गीत र प्रत्यक्ष घटनाहरू दिने अन्तराष्ट्रिय सञ्चारमाध्यम मनोरञ्जन उद्योग बन्न पुगेको छ । एएनआई

Facebook Comments