Sat. Sep 21st, 2024

मोर्डनकन्या कलेजमा भानुजयन्ती   

काठमाण्डू, २०८१ असार २९ गते शनिबार ।  मुलुकका पुराना साहित्यकारहरुले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको उन्नयनमा पु¥याएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धा व्यक्त गर्नुभएको छ ।

भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कलेजद्वारा दुईसय ११औँ भानुजयन्तीका अवसरमा आयोजित कार्यक्रममा साहित्यकारहरुले आदिकविको तस्वीरमा माल्यार्पण गर्नुका साथै उहाँको योगदान र परिचय दिलाउने कविता वाचन गर्नुभयो ।

त्यसअवसरमा साहित्यकार शैलेन्द्र साकार, डा रामप्रसाद दाहाल, रामप्रसाद पन्त, कृष्ण बाउसे, निर्मल पराजुली, विदुर उप्रेती र कलेजका प्राचार्य सविन पोख्रेलले भानुभक्तका रचनाले नेपाली समाजलाई भाषाका माध्यमबाट एकसूत्रमा बाध्न पुर्‍याएको योगदानको चर्चा गर्नुभयो ।

भानुभक्तले भाषिक एकीकरण नगरिदिएको भए संसारमा नेपाली भाषा आजको स्तरमा समृद्ध हुन सक्दैनथ्यो भन्दै उहाँहरुले नेपाली भाषालाई सरलता तुल्याएर आदिकवि सधैँ समृतिमा रहने बताउनुभयो ।

कार्यक्रममा भानुजयन्तीका अवसरमा कलेजद्वारा आयोजित कविता प्रतियोगीताका विजयी छात्रालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा छात्राहरु रेणुका कँडेल, शर्मिला कार्की, जमुना बस्नेत, युरिसा रिजाल र अनुपा भुजेलले पनि कविता वाचन गर्नुभयो । नेपालमा मात्र नभई नेपालीभाषी बसोबास रहेका प्रवासमा पनि आज विभिन्न कार्यक्रमगरी भानुजयन्ती मनाउने गरेका छन् ।  रासस

Facebook Comments