Sat. Oct 5th, 2024

पहिराले मुग्लिन-मलेखु सडक अवरुद्ध     

मुग्लिन, (चितवन) २०८१ असार २२ गते शनिबार । अविरल वर्षासँगै पहिरो खसेपछि पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-मलेखु सडक अवरुद्ध बनेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार चितवनको इच्छाकामना-४ घोप्टेभीर र वडा नम्बर ३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खस्दा सडक दुईतर्फि अवरुद्ध बनेको हो । उहाँले भन्नुभयो “अहिले पहिरो पञ्छाउने काम भइरहेको छ । ” प्रहरी निरीक्षक भण्डारीले चुम्लिङटारमा खसेको पहिरो पन्छाइसकेको बताउनुभयो । रासस

Facebook Comments