Sat. Nov 23rd, 2024

कोराेनाका कारण दोस्रो व्यक्तिको मृत्यु

काठमाडौं, २०७७ जेठ ४ गते आईतबार

बाँकेको क्वारेन्टाइनमा मृत्यु भएको व्यक्तिमा कोरोना पोजेटिभ भेटिएसँगै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । याे जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको हो ।

गोरखापत्र अनलाईनका अनुसार शनिबार सङ्कलन गरिएको स्वाब परीक्षणको नतिजा कोभिड-१९ पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । आइतबार बिहान एक्कासी स्वास्थ्यावस्था असामान्य भई युवकको मृत्यु भएपछि नरैनापुर क्वारेन्टाइनमा त्रास छाएको छ ।

नेपालमा पहिलो पटक सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको कोरोना भाइरसबाट शुक्रबार भएको मृत्यु भएको थियो ।

Facebook Comments