Fri. Sep 20th, 2024

कोशी प्रदेश विवाद : पूर्ण इजलासमा सुनुवाइ हुने   

काठमाण्डू, २०८१ जेठ २३ गते बुधबार । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट निवेदन सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले आज पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । उक्त विवादमा संवैधानिक व्याख्या जरुरी भएको उल्लेख गर्दै इजलासले तीन वा सोभन्दा बढी न्यायाधीशको इजलासमा यही जेठ २७ गतेदेखि सुनुवाइ गर्नेछ ।

नेकपा (एमाले)का संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेशसभाका बहुमत सदस्यको समर्थन जुटाएपछि गत २७ वैशाखमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । प्रदेश प्रमुखको उक्त निर्णयविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

रिट निवेदनमा प्रदेश प्रमुखले गत वैशाख २६ गते सरकार गठनका लागि गरेको आह्वान बदर गर्न, गत वैशाख ७ गते प्रदेशसभाले पारित गरेको सङ्कल्प प्रस्ताव बदर र हिक्मत कार्कीलाई मुख्यन्त्रीमा नियुक्ति बदर माग गरिएको थियो । रासस

Facebook Comments