Sat. Sep 21st, 2024

ग्रामथान गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न

बाबुराम मुडियारी/ झोराहाट,२०८१ जेठ २२ गते मंगलबार । मोरङको ग्रामथान गाउँपालिकाले आज आ.व.२०८१/०८२ को वार्षिक नीति   तथा कार्यक्रम  सार्वजनिकीकरण  गरेको छ ।

गाउँपालिकाले नीति तथा कार्यक्रम तर्जुमा गर्दा आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने, उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढ्ने,स्थानीय सहभागी जुट्ने,स्वयम् सेवा परिचालन गर्न सकिने तथा लागत कम लाग्ने,स्थानीय स्रोत साधन र सीपको अधिकतम प्रयोग हुने,महिला , बालबालिका तथा पिछडिएका क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने, लैंङगिक समानता र सामाजिक समावेशीकरण अभिबृद्धि हुने,दिगो विकास, वातावरणीय संरक्षण तथा सम्बर्द्धन गर्न सघाउ पुर्याउने,भाषिक तथा साँस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पुर्याउने, स्थानीय तहले आवश्यक देखेका  र अन्य विषयहरूलाई प्राथमिकता दिइने गरी गाउँपालिकाकी कार्यवाहक अध्यक्ष गुणावतीदेवी थारूले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिकीकरण  प्रस्तुत गर्नुभएको थियो ।

कार्यवाहक अध्यक्ष थारूले नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमका सहभागीहरूले दिएको सुझावलाई आत्मसाथ गर्दै वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिने  बताउनुभयो । सो वार्षिक नीति सार्वजनिकीकरण कार्यक्रमको प्रमुख अतिथिका रुपमा कोशी प्रदेशका सांसद जयप्रकाश चौधरी र विशिष्ट अथितिका रुपमा कोशी प्रदेश सांसद ललीतादेवी चौधरी रहनु भएको थियो ।

  त्यस्तैगरी, अन्य अथितिहरूमा ग्रामथान गाउँपालिकाका वडा अध्यक्षहरू, जनप्रतिनिधि, ग्रामथान गाउँपालिकाका राजनितिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, गाउँपालिकाका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, पत्रकार लगाएतको सहभागिता रहेको थियो।

वार्षिक नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अथिति तथा अथिति र सहभागिहरूले नीति तथा कार्यक्रममा छुटेका विषयहरूलाई सुझावका रुपमा समेटिनुपर्ने कुरामा जोड दिदै सम्रग गाउँपालिकाको समुन्नत हुने कार्यक्रमहरू संञ्चालन गर्नुपर्ने  आवश्यक रहेको बताएका छन् । नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रम ग्रामथान गाउँपालिका वडा नं. २ झोराहाटको गोपीकृष्ण मर्णिका सामुदायिक भवनको सभाहलमा सम्पन्न भएको थियो ।

Facebook Comments