Sat. Sep 21st, 2024

श्रम क्षेत्रको समस्या समाधानको माध्यम ‘श्रमाधान रोजगार मेला’ : मन्त्री अर्याल   

गोदार (धनुषा), २०८१ जेठ १९ गते शनिबार । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायकारूपमा सुरू गरिएको बताउनुभएको छ ।

जनकपुरधामस्थित उद्योग वाणिज्य सङ्घमा मेलाको आज शभारम्भ गर्नुहुँदै उहाँले बेरोजगार युवालाई उद्योगमा रोजगारी दिन उद्योगीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,“ श्रमिकका धेरै समस्या आउँछन् । एउटै माध्यमबाट समस्या सङ्कलन र समाधान गर्न श्रमाधान सुरू गरिएको हो । सुझाव सङ्कलन गर्न, देशमा रोजगारीका अवसर वृद्धि गर्न र देखिएका समस्या समाधान गर्न यसले सहयोग पुरियाउँदछ ।” सरकारले रोजगार बैंकको अवधारणा पनि अघि सारेको मन्त्री अर्यालले बताउनभयो ।रासस

Facebook Comments