Thu. May 7th, 2026

बङ्गलादेशको स्वतन्त्र विदेश नीतिको अनुसरणमा चीनद्वारा दृढतापूर्वक समर्थन

       

काठमाण्डू,२०८१ जेठ १६ गते बुधबार । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले हालै दिनुभएको एक भाषणमा अमेरिकाले बङ्गलादेशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै सार्वजनिक रूपमा आलोचना गर्नुभएको छ। केही देशले आफ्नो स्वार्थ खोज्नको लागि अन्य देशको चुनावमा खुल्ला व्यापार गरेकाले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको साथै क्षेत्रीय सुरक्षा र स्थायित्वलाई कमजोर पनि पारेको विचार चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले व्यक्त गर्नुभएको छ। मे २८ तारिखमा पत्रकारद्वारा सोधिएको सम्बन्धित प्रश्नको जवाफ दिँदै प्रवक्ता माउले भन्नुभयोः यस्तो गतिविधिबाट ती मुलुकको प्रभुत्ववादी र दादागिरीपूर्ण प्रकृति प्रदर्शित हुन्छ।

साथै बङ्गलादेशको सार्वभौमिकता, स्वाधीनता र भूभागको अखण्डताको सँरक्षण गर्न, स्वतन्त्र विदेश नीति अवलम्बन गर्न तथा बाह्य हस्तक्षेपको विरोध गर्न एवम् क्षेत्रीय शान्ति, स्थिरता, विकास र समृद्धिको संयुक्त सँरक्षण गर्न चीनले बङ्गलादेशलाई दृढतापूर्वक समर्थन गर्ने अडान पनि प्रवक्ता माउ निङले गर्नुभयो। सीएमजी

Facebook Comments