Fri. Sep 20th, 2024

नोबेल पुरस्कार विजेता तासुकु होन्जोद्वारा आफ्नो नाममा गलत सूचना सार्वजनिक गरिएकोप्रति प्रष्टीकरण

तासुकु होन्जोको

काठमाडौं, २०७७ बैशाक २२ गते सोमबार

जापानी सञ्चार-माध्यमले जनाएअनुसार, केही मानिसले सन् २०१८मा भौतिक विज्ञान वा चिकित्सातर्फ नोबेल पुरस्कार विजेता तासुकु होन्जोको नाम प्रयोग गरी धेरै नक्कली सूचना प्रचार-प्रसार गरेका छन्। सीआरआई नेपाली सेवाका अनुसार  यसबारे तासुकु होन्जोले हाल क्योटो विश्वविद्यालयमार्फत एक वक्तव्य प्रकाशित गरी उक्त गलत सूचनाको खण्डन गर्नुभएको छ।

उक्त वक्तव्यमा भनिएको छ, ‘कोरोना भाइरस विश्वमा फैलिँदै आएको छ। जसबाट भएको दुःख र आर्थिक क्षति अभूतपूर्व हो। हाल विश्वले दुःखको सामना गरिरहेको छ। म र क्योटो विश्वविद्यालयको नाम प्रयोग गरी गलत सूचना प्रचार-प्रसारमा प्रयोग गरिएको छ। मलाई अचम्म लाग्यो। हाल हामी सबै जना खास गरी वैज्ञानिक अनुसन्धानकर्ताहरूले साझा शत्रुसँग लडाइँ गर्नका लागि सहयोग गर्ने बेला हो। हाम्रो सबै प्रयास रोगको उपचारमा केन्द्रित हुनुपर्छ।’

Facebook Comments