Sat. Sep 21st, 2024

चार कृति लोकार्पण   

काठमाण्डू,२०८१ वैशाख ३१ गते सोमबार । नई प्रकाशनबाट प्रकाशित चार वटा कृतिको लोकार्पण गरिएको छ । शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १०५औँ जयन्तीका अवसरमा वानीरा फाउन्डेसनले यहाँ आज आयोजना गरेको एक समारोहबीच चार कृतिको लोकार्पण गरिएको हो ।

प्रा .डा .उषा ठाकुरबाट सम्पादित ‘सुनिता कार्कीको काव्यकारिता’, प्रा. डा. सावित्री कक्षपतिद्वारा लिखित ‘नरेन्द्रराज प्रसाईंको अर्जनदृष्टि :  ललितत्रिपुरसुन्दरी’, डा. अम्बिका अर्यालद्वारा लिखित ‘नारी अस्तित्व र इन्दिरा प्रसार्इंका उपन्यास’ र अणुराज जोशीद्वारासामु उप्रेतीको उपन्यास ‘तिम्रो म’को नेपाली भाषाबाट अङ्ग्रेजी भाषामा अनुदित ‘आइएम् योर्स’ नामक कृतिहरु लोकार्पण गरिएको हो ।

वानिरा फाउन्डेसनका संस्थापक इञ्जिनियर शङ्कर गिरी, लेखक भूपालमानसिंह कार्की प्रज्ञा परिषद्का अध्यक्ष लोकमानसिंह कार्की तथा नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईंले सो पुस्तकको लोकार्पण गर्नुभएको हो ।

वानिरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईं सभापतित्वमा सञ्चालित सो समारोहमा सुनिता कार्की, प्रा .डा .सावित्री कक्षपति, डा. अम्बिका अर्याल, अणुराज जोशी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईं र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको महिमा र नव कृतिहरुबारे धारणा राख्नुभएको छ ।  रासस

Facebook Comments