Thu. Nov 14th, 2024

नेपाल र चीनका औषधी उत्पादकहरुको सम्मेलन सुरु

काठमाण्डू,२०८१ वैशाख २६ गते बुधबार । नेपाल र चीनका औषधी उत्पादकहरुको सम्मेलन नेपाल र चीनका औषधी उत्पादक तथा सो क्षेत्रका सम्बन्धित विज्ञहरुको ५ दिने सम्मेलन काठमाडौंमा सुरु भएको छ ।

सो सम्मेलन उद्धघाटन समारोहलाई सम्बोधन गर्नुहुँदै त्रिभूवन विश्व विद्यालयका उपकुलपति प्रध्यापक डक्टर केशरजंग बरालले नेपाल र चीन परम्परादेखिका असल र भरपर्दा छिमेकी देशहरु रहेको भन्दै चीन नेपालको विकासको महत्वपूर्ण साझेदार भएको बताउनु भयो । ऐतिहासिक कालदेखि नै नेपाल र चीन दुवैतिर परम्परागत औषधीहरुको प्रयोग र उपचार हुँदै आएको स्मरण गर्नुहुँदै उपकुलपति बरालले सम्मेलनका माध्यमबाट सहभागीहरुबीच विचार आदान प्रदानमा सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

 

नेपालस्थित चिनियाँ राजदूतावासका मिसन उपप्रमुख वाङ् सिनले चीन र नेपाल दुवै देशका जनताले हजारौं वर्षदेखि परम्परागत औषधी र उपचारपद्धती अपनाएको बताउनुहुँदै लामो समयदेखि दुवै देशबीच यस क्षेत्रमा अनुभव र सहयोग आदान प्रदान हुँदै आएको जानकारी दिनुभयो । चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमणको समयमा पनि दुवैदेशबीच परम्परागत औषधीहरुको प्रयोग र उपचार विधि लगायतका क्षेत्रहरुका विषयमा छलफल भएको र यस विषयमा सहयोगको आदान प्रदानलाई निरन्तरता दिई फलदायी निष्कर्षमा पुग्ने सहमती भएको पनि बताउनु भयो ।

 

सांघाई इस्टिच्युट अफ मेटेरिया मेडिका–चाईनिज एकेडेमी अफ साईन्सेस का प्राध्यापक ची वन चाङले इतिहासदेखि चीन र नेपालबीच घनिष्ट सम्बन्ध भएको बताउनु भयो । दुवै मुलुकबीच सैयौंवर्षदेखि परम्परागत औषधी उत्पादन र उपचार लगायतका विषयमा सहयोगको आदान प्रदान हुँदै आएको भन्दै प्राध्यापक चाङले सम्मेलनको माध्यमबाट दुवैदेशका औषधी कम्पनीहरुबीच सहयोगका विभिन्न क्षेत्रमा कुराकानी हुने बताउनु भयो ।

 

सम्मेलनका व्यवस्थापक तथा त्रिभूवन विश्व विद्यालयका प्राध्यापक डाक्टर बाल मुकुन्द रेग्मीले दुवै देशका औषधी उत्पादक कम्पनी र ती क्षेत्रसँग सम्बन्धित विज्ञहरुबीच विचार आदान प्रदान गर्ने उद्धेश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । नेपाल फर्मास्युटिकल एशोसिएशन, सांघाई इस्टिच्युट अफ मेटेरिया मेडिका–चाईनिज एकेडेमी अफ साईन्सेस, सांघाई युनिभरसिटी अफ टे«डिस्नल चाईनिज मेडिसिन, सनयाङ फर्मास्युटिकल युनिभरसिटीको संयुक्त आयोजनामा सुरु भएको सो सम्मेलनमा चीनबाट २३ वटा औषधी उत्पादनसँग सम्बन्धित विज्ञ तथा प्रतिनिधी र नेपालका झण्डै एकसयजना प्रतिनिधीहरुको सहभागिता रहेको छ ।

Facebook Comments