Fri. Sep 20th, 2024

चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डे नियुक्त

काठमाडौं , २०७७ बैशाक ५ गते शुक्रबार

पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे जनवादी गणतन्त्र चीनका लागि नेपाली आवासीय राजदूतमा नियुक्त हुनुभएको छ। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पाण्डेलाई राजदूत नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव घिमिरेले विज्ञप्तिमार्फत सो जानकारी दिनुभएको हो। चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई सरकारले पूर्वमन्त्री पाण्डेलाई सो पदमा नियुक्तिका लागि सिफारिश गरेको थियो भनि अन्नपूर्ण पोष्टले समाचार लेखेको छ ।

Facebook Comments