Sat. Nov 23rd, 2024

नेपालमा थप १४ जनामा कोरोना संक्रमण, कुल संख्या ३० पुग्यो

काठमाडौं , २०७७ बैशाक ५ गते शुक्रबार

नेपालमा शुक्रबार थप १४ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ ।

त्यसमा उदयपुर जिल्लाका १२ जना पुरुष र चितवनमा एक ६३ वर्षीया महिला एक पुरूष गरी १४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले बताउनुभएको छ ।

उदयपुर जिल्लाका ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका पुरुष र चितवन जिल्लाका २७ र ६३ वर्षका पुरुषहरू हुनुहुन्छ । याे सँगै नेपालमा संक्रमितको संख्या ३० पुगेको छ ।

यसैगरी, गाेरखापत्रका उदयपुर समाचारदाता भक्तिविलास पोखरेलका अनुसार उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिदमा रहेका १० भारतीय नागरिकमा कोरोना भाइरसको पोजिटिभ आएको भन्ने आधिकारिक पुष्टि हुन अगावै स्थानीय प्रशासनले त्यस क्षेत्रसहित मस्जिदलाई शुक्रबार साँझबाट नियन्त्रणमा लिएको थियाे । गोरखापत्र अनलाईनबाट

 

Facebook Comments