Wed. May 6th, 2026

राष्ट्रियसभा निर्वाचन मौन अवधी सुरु

       

भिओके/काठमाण्डू, २०८० माघ ८ गते सोमबार । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज राती १२ बजेदेखि मौन अवधि लागू हुने भएको छ ।

निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गर्दै आज मध्यरातीदेखि चुनाव प्रसार/प्रसार गर्न र मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न नपाइने जनाएको हो । मौन अवधि मतदान कार्य समाप्त नहुन्जेलसम्म लागू हुनेछ । सो अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचार प्रसार लगायतका कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाउने छैनन् ।

कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नपाउने आयोगले जनाएको छ ।

Facebook Comments