Fri. May 3rd, 2024

एसईई चैत १५ देखि २७ गतेसम्म हुने

काठमाण्डू, २०८० माघ ८ गते सोमबार । माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ ।

हिजो आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो । बिचमा होली पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको बोर्ड अध्यक्ष डा. महाश्रम शर्माले बताउनुभयो । चैत ११ र १२ गते होली पर्व रहेको छ । त्यसैले होलीपछि परीक्षा गर्न लागिएको अध्यक्ष शर्माले बताउनुभयो । बोर्डको वार्षिक कार्यतालिका अनुसार चैतको पहिलो साताबाट परीक्षा गर्न भन्ने थियो तर, होली पर्वका कारण परीक्षा मिति सार्नुपरेको हो ।

यस वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार चार छात्र र २ लाख ४३ हजार ४४० छात्राले रजिष्ट्रेसन फाराम भरेका छन् । यो वर्षको परीक्षामा प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ ।

Facebook Comments