Mon. May 11th, 2026

इजरायलले लेबननमा गरेको ड्रोन हमलामा हिज्बुल्लाहका वरिष्ठ कमान्डरको मृत्यु

       

लेबनन, २०८० पुस २४ गते मंगलबार । इजरायलले लेबननमा गरेको ड्रोन हमलामा हिज्बुल्लाह समूहका एक वरिष्ठ कमान्डर मारिएको विवरण आएका छन्।

हिज्बुल्लाह कमान्डर विसाम तावीलको दक्षिणी लेबननमा निधन भएको बताइएको छ।

लेबनानका सरकारी सञ्चारमाध्यमले बिन्त जबेल जिल्लामा एउटा कारलाई निशाना बनाइएको र उक्त कार सडकबाट हटेको अनि त्यसपछि त्यसमा आगो लागेको जनाएका छन्।

बीबीसीका अनुसार हिज्बुल्लाहले आफ्नो राद्वान फौजका वरिष्ठ कमान्डर विसाम तावीलको हत्या भएको पुष्टि गरेको छ।

Facebook Comments