Thu. Apr 23rd, 2026

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा नयाँ वर्ष सन् २०२४ को शुभकामना सन्देश

       

काठमाण्डू, २०८० पुस १५ गते आईतबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नयाँ वर्ष सन् २०२४ को पूर्वसन्ध्यामा चाइना मिडिया ग्रुप र इन्टर्नेटमार्फत शुभकामना सन्देश दिनुभएको छ।

शुभकामना सन्देशमा राष्ट्राध्यक्ष सीले सन् २०२३ मा चीनले अथक प्रयास गरेको बताउँनुहुँदै आँधीमय वर्षाको सामनागर्नुका साथै सुन्दर दृश्य देखेको र भारी उपलब्धि हासिल गरेको स्पष्ट पार्नुभएको छ ।

सन् २०२३ को पुनरावलोकन गर्नुहुँदै राष्ट्राध्यक्ष सीले महामारी रोकथाम र नियन्त्रण अवस्था स्थिर भएको, चीनको अर्थतन्त्र लगातार उत्तरोत्तरगतिमा रहेको, उच्च गुणस्तरीय विकास दृढताका साथ अघि बढेको बताउनु भएको छ । सन्देशमा सीले भन्नुभएको छ, “आधुनिकीकरण औद्योगिक प्रणाली अझ स्वस्थ छ, अनेक उच्च, बुद्धमान, हरित नयाँ खालका नमूना उद्योग तिव्र गतिमा उदय भएका छन्। अन्नबाली उत्पादन लगातार बीस वर्षसम्म वृद्धि हुँदै आएको छ, स्वच्छ पानी र हरियो पहाड विकासका ठूला प्रगति भएका छन्, ग्रामीण पुनःउत्थानको नयाँ अवस्था देखिएको छ। उत्तर पूर्व चीनमा व्यापक पुनःउत्थानको नयाँ पृष्ठ खोलिएको छ, स्युङआन नयाँ क्षेत्रमा विकासको छलाङ भएको छ, याङसी नदी आर्थिक बेल्टमा जिवित शक्ति देखिन्छ, क्वाङचौँ-हङकङ-मकाउ खाडी क्षेत्र अग्र रूपमा अघि सरेको छ। आँधी र लहरमा परेर चीनको अर्थतन्त्र अझै सशक्त बनेको छ।”

वर्तमान विश्वका केही ठाउँमा युद्ध चलिरहेको प्रसंग उल्लेख गर्नुहुँदै राष्ट्राध्यक्ष सीले भन्नुभएको छ, “चिनियाँ जनताले शान्तिको मूल्यबारे गहन  रूपमा बुझेका छन्। हामीले अन्तर्राष्ट्रिय समूहसँग मानवजातिको भविष्य र जनताको फाइदाको आधारमा मानव भाग्य समुदायको रचना बढाएर अझ असल संसार निर्माण गर्ने इच्छा लिएका छौँ।”

सन्देशमा राष्ट्राध्यक्ष सीले अझ जोडदिँदै भन्नुभएको छ, “यस वर्ष हामी शक्तिशाली पाइलामा हिँडेका छौँ। लामो समयसम्मको प्रयास गरी चीनको नवीन सिर्जना र विकासको शक्ति धेरै बढेको छ। सी ९१९ ठूलो विमान व्यावसायिक उडान संचालनमाआएको छ, स्वयं उत्पादित क्रुज पानी जहाजको परीक्षण संचालन भएको छ, शनचौ परिवार स्पेसमा रिले भएको छ, “फनतौच” नम्बरएकदम गहिरो समुद्रमा पुगेको छ। चिनियाँ ब्र्याण्डले व्यापक स्वागत पाएको छ, चीनमा उत्पादित नयाँ स्मार्टफोन निकै लोकप्रिय छन्, नयाँ ऊर्जाका गाडी, लिथियमब्याट्री, फोटो भोल्टाइक उत्पादित वस्तुले मेडइन चाइनालाई नयाँ उज्यालो थपेका छन्। चीनले अथक प्रयासको भावना लिएर प्रगति गरेको छ, जताततै दिनदिनै प्रगति सिर्जना भएको देखिन्छ।”

“चीनले आफूलाई विकास गर्नका साथै विश्वलाई सक्रियताका साथ अँगालो मारेर ठूलो मुलुकको जिम्मेवारी लिएको छ। हामीले चीन-मध्य एशिया शिखर सम्मेलन, तेस्रो वेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च समेत अनेक कूटनीतिक कार्यक्रमलाई सफलताका साथ आयोजना गरेका छौँ र विश्वका विभिन्न क्षेत्रका मित्रलाई स्वागत गरेका छौँ।” राष्ट्राध्यक्ष सीले शुभकामना सन्देशमा भन्नुभएको छ ।

वर्तमान विश्वका केही ठाउँमा युद्ध चलिरहेको प्रसंग उल्लेख गर्नुहुँदै राष्ट्राध्यक्ष सीले भन्नुभएको छ, “चिनियाँ जनताले शान्तिको मूल्यबारे गहन  रूपमा बुझेका छन्। हामीले अन्तर्राष्ट्रिय समूहसँग मानवजातिको भविष्य र जनताको फाइदाको आधारमा मानव भाग्य समुदायको रचना बढाएर अझ असल संसार निर्माण गर्ने इच्छा लिएका छौँ।”

“अहिलेअँध्यारो हुँदै गर्दा हजारौँ परिवारमा उज्याला बत्ती बलिरहेका छन्। हामीले मातृभूमिलाई समृद्ध बनाउने, विश्वलाई शान्ति कायम राख्ने शुभकामना बाढौँ। सबैलाई वर्षभरि शुभ र सुस्वास्थ्य हुने शुभकामनाव्यक्त गर्दछु।” राष्ट्राध्यक्ष सीले शुभकामना सन्देशमा भन्नुभएको छ ।

शुभकामनाको पूर्ण विवरण यस प्रकार छ :

कमरेडहरू, साथीहरू,
महिला र सज्जनवृन्दहरू,

सबैलाई नमस्कार। शीतकालीन क्रान्तिपछि वसन्त आउँछ भने हरेक वर्ष यस्तो नियमित रूपमा बदलिन्छ। पुरानोलाई बिदा गरी नयाँ वर्षको स्वागत गर्ने यस सुअवसरमा म पैचिङबाट सबैलाई नव वर्षको शुभकामना व्यक्त गर्दछु । 

सन् २०२३ मा हामीले अथक प्रयास गरेका छौँ भने आँधीमय वर्षाको सामनागर्नुका साथै सुन्दर दृश्य पनि देखेका छौँ र भारी उपलब्धि हासिल गरेका छौँ। सबैले यस वर्षको कठिनाइबारे अनुभव गरेका छौँ, साथै भविष्यमाथि पूर्ण विश्वास पनि राखेका छौँ।

यस वर्ष हामी दृढ पाइलामा हिँडेका छौँ। महामारी रोकथाम र नियन्त्रण अवस्था स्थिर भएको छ, चीनको अर्थतन्त्र लगातार उत्तरोत्तरगतिमा छ, उच्च गुणस्तरीय विकास दृढताका साथ अघि बढेको छ। आधुनिकीकरण औद्योगिक प्रणाली अझ स्वस्थ छ, अनेक उच्च, बुद्धमान, हरित नयाँ खालका नमूना उद्योग तिव्र गतिमा उदय भएका छन्। अन्नबाली उत्पादन लगातार बीस वर्षसम्म वृद्धि हुँदै आएको छ, स्वच्छ पानी र हरियो पहाड विकासका ठूला प्रगति भएका छन्, ग्रामीण पुनःउत्थानको नयाँ अवस्था देखिएको छ। उत्तर पूर्व चीनमा व्यापक पुनःउत्थानको नयाँ पृष्ठ खोलिएको छ, स्युङआन नयाँ क्षेत्रमा विकासको छलाङ भएको छ, याङसी नदी आर्थिक बेल्टमा जिवित शक्ति देखिन्छ, क्वाङचौँ-हङकङ-मकाउ खाडी क्षेत्र अग्र रूपमा अघि सरेको छ। आँधी र लहरमा परेर चीनको अर्थतन्त्र अझै सशक्त बनेको छ।

यस वर्ष हामी शक्तिशाली पाइलामा हिँडेका छौँ। लामो समयसम्मको प्रयास गरी चीनको नवीन सिर्जना र विकासको शक्ति धेरै बढेको छ। सी ९१९ ठूलो विमान व्यावसायिक उडान संचालनमाआएको छ, स्वयं उत्पादित क्रुज पानी जहाजको परीक्षण संचालन भएको छ, शनचौ परिवार स्पेसमा रिले भएको छ, “फनतौच” नम्बरएकदम गहिरो समुद्रमा पुगेको छ। चिनियाँ ब्र्याण्डले व्यापक स्वागत पाएको छ, चीनमा उत्पादित नयाँ स्मार्टफोन निकै लोकप्रिय छन्, नयाँ ऊर्जाका गाडी, लिथियमब्याट्री, फोटो भोल्टाइक उत्पादित वस्तुले मेडइन चाइनालाई नयाँ उज्यालो थपेका छन्। चीनले अथक प्रयासको भावना लिएर प्रगति गरेको छ, जताततै दिनदिनै प्रगति सिर्जना भएको देखिन्छ।

यस वर्ष हामी जिवित पाइलामा हिँडेका छौँ। छङतु विश्व विश्वविद्यालय खेलकुद, हाङचौ एशियाली खेलकुद भव्यताकासाथ सम्पन्न हुँदै खेलाडीले राम्रो उपलब्धि हासिल गरेका छन्। विदा अवधिमा पर्यटक थुप्रै देखिन्छन्, चलचित्र तथा मनोरन्जन बजार उकालिँदै छ, ग्रामीण फुटबल प्रतियोगिता र ग्रामीण गाला निकै लोकप्रिय छन्। कम कार्बन जीवन क्रमशः नियमित बनेको छ र न्यानो जीवन तथा पुनःउत्थान व्यस्त अवस्थाबाट असल जीवनबारे मानिसका इच्छाको ब्याख्या गरिएको छ। साथै एउटा जिवित तथा न्यानो चीन पनि देखाइएको छ।

यस वर्ष हामी आत्मविश्वासका पाइलामा हिँडेका छौँ। चीन महान् मुलुक हो। जुन महा सभ्यताको उत्तराधिकार गरिरहेको छ। यस  भूमिमा  उत्तरी क्षेत्रको मरूभूमि र पानी परिरहेको दक्षिण चीनले सबैको मन तानिरहेको छ। बगिरहेको पहेँलो नदी र याङसी नदीले सबैलाई गौरववोध दिइरहेका छन्। ल्याङचु, अरलिथौभग्नावशेष सभ्यताको आरम्भविन्दु, यिनस्यु भग्नावशेषको ओरेकलअक्षर उत्तराधिकार, सानसिनङत्वी भग्नावशेषको साँस्कृतिक सम्पदा, चिनियाँ राष्ट्रिय प्रकाशन तथा संस्कृति सङ्ग्रहालय……चीनको इतिहास कति लामो छ, सभ्यता कतिविशाल छ, यीहाम्रो आत्मविश्वासकाआधार र शक्तिका स्रोत हुन्। 

चीनले आफूलाई विकास गर्नका साथै विश्वलाई सक्रियताका साथ अँगालो मारेर ठूलो मुलुकको जिम्मेवारी लिएको छ। हामीले चीन-मध्य एशिया शिखर सम्मेलन, तेस्रो वेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च समेत अनेक कूटनीतिक कार्यक्रमलाई सफलताका साथ आयोजना गरेका छौँ र विश्वका विभिन्न क्षेत्रका मित्रलाई स्वागत गरेका छौँ। मैले केही मुलुकको भ्रमण गरी केही अन्तर्राष्ट्रिय सम्मेलनमा उपस्थित भएर धेरै पुराना साथी र नयाँ साझेदारसँग भेट गरी चीनका अडानलाईराख्नुका साथै एकअर्कामा सहमतिलाई गहन पारेको छु। विश्वस्थिति जसरी परिवर्तन भएपनि शान्ति विकास प्रमुख लयमाबगिरहन्छ भने सहयोगबाट साझा फाइदा नै अकाट्य तथ्य कायम रहन्छ।

हामी हिँडेको बाटोमा आँधी र वर्षाहुनु साधारण अवस्था हो। केही उद्यमसमक्ष व्यापारिक दबाव देखियो, केही सर्वसाधारणले रोजगारी र जीवनको कठिनाइसामना गर्नु परेको छ, केही ठाउँमा बाढी, हुण्डरी, भूकम्प लगायत प्राकृतिक प्रकोपको सामना गर्नु परेको छ, ती सबै कुरा मेरो मनमा रहेका छन्। आँधी र वर्षासँग कोही पनि नडराउने, आपसमा सहयोग गर्ने, चुनौतिलाई प्रत्यक्ष सामना गर्ने, कठिनाइ जित्ने कार्यले मेरो मनलाई निकै छोएको छ। मेहनती किसान, परिश्रमीमजदूर, साहसी उद्यमी, मुलुकको सुरक्षा गर्ने सैनिक समेत विभिन्न काम गर्ने मानिसले अथक प्रयास गरिरहेका छन् भने हरेक साधारण मानिसले असाधारण योगदान दिएका छन्। हामीले सबै कठिनाइलाई जित्ने सबभन्दा ठूलो आधार नै जनता हुन्।

आगामी वर्ष नयाँ चीन स्थापना भएको ७५औँ वार्षिकोत्सव हो। हामीलेचिनियाँ शैलीको आधुनिकीकरणलाई सृदृढताका साथअघि सारी नयाँ विकास धारणाको पूर्ण, सही, व्यापक रूपमा पालना गर्नुपर्छ, नयाँ विकासका ढाँचालाई तिव्र पारेर उच्च गुणस्तरीय विकासलाईबढाई विकास र सुरक्षाको समन्वय गर्नुपर्छ। स्थिर भएर प्रगति हुने, प्रगति भएर स्थिर पार्नेमा अडिग रहेर आर्थिक बृद्धि हुने प्रवृत्तिलाई सुदृढ र नियमितबनाइ स्थिर तथा दीर्घकालीनआर्थिक विकास गर्नुपर्छ। सुधार तथा खुलापनलाई व्यापक रूपमा गहन पारी विकासप्रतिको विश्वास बढाउने, आर्थिक जिवित शक्ति बढाउँदै शिक्षा, विज्ञान तथा प्रविधि र दक्षता विकासलाई सवल पार्नुपर्छ। आफ्नो श्रेष्ठता लिएर राष्ट्रिय विकास महा अवस्थासँग अझ राम्रोसित मिसाएर दीर्घकालीन समृद्धि र स्थिरता कायम राख्न हङकङ र मकाउलाई अरू समर्थन दिनुपर्छ। मातृभूमि एकीकरण ऐतिहासिक आवश्यकता हो। जलडमरूका दुई किनारका देशबन्धुले हात र मुटु मिलाएर राष्ट्रिय पुनःउत्थानको महा गौरवलाई संयुक्त साझेदारी गर्नुपर्छ।

हाम्रो लक्ष्य धेरै भव्य छ र धेरै सरल पनि छ। त्यसको मूल कुरो नै सर्वसाधारणलाई अझ राम्रो जीवनस्तरको वातावरण सिर्जना गर्ने हो। बालबालिकालाई हुर्काउने र शिक्षा दिने, युवाले रोजगारी पाउने र दक्ष बन्ने, जेष्ठ नागरिकले चिकित्सा तथा पेन्सन सेवा पाउने, जस्ता आधारभूत विषयहरु परिवारका मात्र नभएर देशका पनि मामिला हुन्। सबैले साझ प्रयास गरी ती कुराको राम्ररी व्यवस्थापन गर्नुपर्छ। हाल समाजको लय निकै तिव्र छ भने सबैजना निकै व्यस्त छन्। कार्य र जीवनको दबाव पनि ठूलो छ। हामीले न्यानो र मेलमिलापयुक्त सामाजिक वातावरण सिर्जना गर्ने, उदार तथा जिवित नविन सिर्जना क्षेत्रलाई विस्तृत बनाउने, सुविधा र आनन्दमयी जीवनस्तरप्रदान गरी सबैलाई सुखमय जीवनको सपनालाई व्यवहारमा उतार्ने वातावरण बनाउनुपर्छ।

वर्तमान विश्वका केही ठाउँमा युद्ध चलिरहेको छ। चिनियाँ जनताले शान्तिको मूल्यबारे गहन  रूपमा बुझेका छन्। हामीले अन्तर्राष्ट्रिय समूहसँग मानवजातिको भविष्य र जनताको फाइदाको आधारमा मानव भाग्य समुदायको रचना बढाएर अझ असल संसार निर्माण गर्ने इच्छा लिएका छौँ।

अहिलेअँध्यारो हुँदै गर्दा हजारौँ परिवारमा उज्याला बत्ती बलिरहेका छन्। हामीले मातृभूमिलाई समृद्धि बनाउने, विश्वलाई शान्ति कायम राख्ने शुभकामना बाढौँ। सबैलाई वर्षभरि शुभ र सुस्वास्थ्य हुने शुभकामनाव्यक्त गर्दछु।

सबैलाई धन्यवाद।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read