Tue. Dec 24th, 2024

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बैंकक, २०८० मंसिर १९ गते मंगलबार । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने, २५ जना घाइते भएका छन् ।

दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग ठोक्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

 उक्त बस राजधानी बैंककबाट सोङखला प्रान्तको नथवी जिल्लातर्फ लागि जाँदै गरेको थियो ।     दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । सिन्ह्वा

Facebook Comments