Sun. Nov 24th, 2024

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

काठमाण्डू, २०८० कात्तिक ८ गते बुधबार । उपप्रधानमन्त्री/गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्कनुभएको छ । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनु भएका उहाँलाई त्यहीँ हृदयाघात भएपछि चीनको राजधानी पैचिङमा उपचार गराएर आज स्वदेश फर्कनु भएको हो ।

यही १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी भएपछि उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो । उहाँको पैचिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा पाँच दिनसम्म उपचार भएको थियो ।

Facebook Comments