Sat. Nov 23rd, 2024

बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरी मनाइँदै

काठमाण्डू, २०८० असोज ३० गते मंगलबार । बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरी मनाइँदै छ ।

काठमाण्डूको गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभा भगवती, बिजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी, विराटनगरको कालीमन्दिर, सप्तरीको छिन्नमस्ता तथा सखडा भगवती, भोजपुर र संखुवासभाको सिद्धकाली, धरानको दन्तकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना लगायत देशैभरका शक्तिपीठहरुमा दर्शनार्थीको भीड लाग्ने गरेको छ । देवीको मस्तकमा चन्द्राकार घण्ट सुशोभित भएका कारण आज पूजिने देवीलाई चन्द्रघण्टा भनिएको हो ।

धार्मिक मान्यता अनुसार चन्द्रघण्टा देवीको रूपको पूजाले मानिसले राक्षसी तथा भूतप्रेत आदि अनिष्ट शक्तिबाट उन्मुक्ति पाउँछन् भन्ने विभिन्न शास्त्रमा उल्लेख छ ।

बडादशैंको चौथो दिन कूष्माण्डा, पाँचौं दिन स्कन्द माता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

Facebook Comments