Sun. May 24th, 2026

युवा तथा खेलकुदमन्त्री लिम्बूलाई मातृशोक

       

सुन्दरहरैँचा (मोरङ), २०८० असोज २६ गते शुक्रबार । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ ।
लेटाङ-६ गुवाबारी निवासी लिम्बूकी आमा हंसनुमा लिम्बूको १ सय १ वर्षको उमेरमा आज बिहान आफ्नै निवासमा निधन भएको हो ।

उहाँको पार्थिव शरीरलाई धार्मिक संस्कारअनुसार आज दिउँसो लेटाङ घाटमा दाहसंस्कार गरिने नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव ललितबहादुर श्रेष्ठले बताउनुभयो ।

मन्त्री लिम्बु नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङका सभापति एवं मोरङ क्षेत्र नं १ का सांसद हुनुहुन्छ । रासस

Facebook Comments