Mon. Nov 25th, 2024

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ- चिनियाँ प्रधानमन्त्री लि छ्याङ

- प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङ्गबीच भेटवार्ता । तस्बिरः प्रदीपराज वन्त, रासस

पैचिङ, २०८० असोज ८ गते सोमबार । चीनका प्रधानमन्त्री लि छ्याङले चीन-नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताउनुभएको छ ।

हाल चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि दिनुभएको छोटो स्वागत मन्तव्यमा उहाँले सो धारणा राख्नुभएको हो ।

प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री दाहालको यस भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोग बनेको बताउनुभयो ।

चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको भेटमा भएका कुराकानीबाट दुई देशको सम्बन्धका विविध आयाममा छलफल हुनु सुखद् रहेको प्रधानमन्त्री छ्याङले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले चीन-नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पु-याउनुभएको उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपालको सदियौँ पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राख्नुभएको थियो ।

हाल पैचिङस्थित जनबृहत सभा भवनमा द्विपक्षीय भेटवार्ता जारी छ । रासस

Facebook Comments