Thu. Sep 19th, 2024

चीन सदैव नेपालको साथमा: राजदूत हौ यान्छी

काठमाडौं, २०७६ चैत ११ गते मंगलबार

नेपालका लागि चिनिया राजदूत हौ यान्छीले कोभिड-१९ (कोरोना भाइरस)को महामारीसँग लड्न चीन सँधैभरी नेपालको साथमा रहेको बताउनु भएको छ ।

सोमबार राति ट्विट गर्दै राजदूत यान्छीले नेपालमा चिकित्सा सामग्री सहयोग पुर्‍याउने प्रयास भइरहेको जानकारी दिनुभयो । उहाँले नेपाली र अंग्रेजी भाषामा ट्विट गर्दै लेख्नु भएको छ, “हामी नेपालीहरुका लागि प्रार्थना गर्छौँ, नेपालका हाम्रा साथीहरुलाई मेडिकल सामग्री सहयोग गर्नका लागि सक्दो प्रयास भइरहेको छ।”

चीनको हुपै प्रान्तको उहान शहरबाट सुरु भएको कोरोना भाइरस अहिले महामारीको रुपमा विश्वभर फैलिरहेको छ । ठूलो प्रयासपछि चीनले भने अहिले भाइरसको महामारीलाई लगभग नियन्त्रण गरिरहेको छ। तर इटली, स्पेन, अमेरिका, इरान लगायतका मुलुकहरुमा यस भाइरसले हजारौ मानिसहरुको ज्यान लिइसकेको छ ।

कोरोना भाइरस नियन्त्रणको लागि झण्डै तीन महिनासम्म हासिल गरेको अनुभवलाई चीनले इटली लगायतका देशमा यस भाइरसबाट संक्रमितहरुको उपचारमा सहयोग पुर्याइरहेको छ ।

Facebook Comments