Sun. Nov 24th, 2024

माओवादी केन्द्रको राजनीतिक एजेण्डाको बलमा पछिल्लो पटक पनि प्रधानमन्त्री भएँः प्रचण्ड

काठमाण्डू, २०८० भदौ १६ गते शनिबार । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पार्टीको इतिहास र राजनीतिक एजेण्डाको तागतमा पछिल्लो पटक पनि प्रधानमन्त्री बन्न सफल भएको बताउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र ३२ सिटको सानो पार्टी भएपनि पार्टीको इतिहास र राजनीतिक एजेण्डाको बलमा आफू तेस्रो पटक पनि प्रधानमन्त्री बनेको बताउनुभएको हो । आज काठमाडौंको चन्द्रागिरीस्थित भट्टेडाँडाबाट ‘जनतासँग माओवादी विशेष अभियान’को शुभारम्भ गर्दै उहाँले आफ्नो पार्टी नेतृत्वलाई नेपाली जनताको भरोसा रहेको दाबी समेत गर्नुभयो । आफूले प्रधानमन्त्रीमा करिव शतप्रतिशत विश्वासको मत पाएबाट र आफ्नो पार्टीप्रति इतिहासको, नेपाली जनताको र अरु पार्टीहरुको पनि भरोसा रहेको भन्ने प्रमाणित भएको प्रधानमन्त्रीको भनाई थियो ।

प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको भरोसा जगाउन र पार्टी पंक्तिमा उत्साहको सञ्चार गराउन आफूले सुशासनको पक्षमा भ्रष्टाचार बिरोधी अभियान चलाउनु परेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले आफूले शुरुवात गरेको भ्रष्टाचार बिरोधी अभियानलाई पनि नयाँ खालको जनयुद्धको रुपमा लिनुपर्ने जिकिर गर्नुभयो ।

Facebook Comments