Thu. Sep 19th, 2024

नेपाल-पाकिस्तान सम्बन्ध ६० वर्षमा

काठमाडौं, २०७६ चैत ८ गते शनिबार

नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको छ ।

यसै अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले बधाई तथा शुभकामना सन्देश आदान–प्रदान गर्नुभएको छ ।

सन्देशमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र पाकिस्तानका विदेशमन्त्री मक्दूम शाह कुरेसीले सन्देशमा आपसी विश्वास, समझदारी र सहयोगका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले आज जनाएको छ ।

दुई देशीय सम्बन्ध विस्तारका सम्भावनाबारे चर्चा गर्दै मन्त्री ज्ञवालीले व्यापार, पर्यटन, लगानी तथा जनता–जनताबीचको सम्बन्धलाई सवल बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल र पाकिस्तानबीच २० मार्च १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । गोरखापत्र अनलाईनबाट

Facebook Comments