Sat. Sep 21st, 2024

दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा   

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार पार्टी कार्यालय पेरिसडाँडा राखिएको धर्मपत्नी सीता दाहालकोे पार्थिव शरीरमा पुष्पहार अर्पण गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस

काठमाण्डू, २०८० असार २७ गते बुधबार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी एवं पार्टी सल्लाहकार सदस्य सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार पार्टी कार्यालय पेरिसडाँडा राखिएको धर्मपत्नी सीता दाहालकोे पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पणपछि पार्टीको झण्डा ओढाउनुहुँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस

 कार्यालयको प्राङ्गणमा आयोजित शोकसभामा उहाँको पार्थिव शरीरमा प्रधानमन्त्री दाहालले पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभयो । उहाँको पार्थिव शरिरमा प्रधानमन्त्री दाहालले पार्टीको झण्डासमेत ओढाउनुभयो । उपस्थित अन्यले पनि श्रद्धाञ्जली अपर्ण गर्दै एक मिनेट मौन धारणा गरेका थिए ।

शोकसभामा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख अग्नि सापकोटा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपालका लागि चिनियाँ राजदूत छनसोङलगायत विभिन्न दलका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली अपर्ण गर्नुभएको छ ।

फोटो: रासस

Facebook Comments