Sat. Mar 14th, 2026

आज अन्तर्राष्ट्रिय महिला दिवस, राष्ट्रपति भण्डारीद्वारा शुभकामना

       

काठमाडौं, २०७६ फागुण २५ गते आईतबार

राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च)ले महिलाको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रुपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवस, २०२० को अवसरमा उहाँले शुभकामना सन्देश जारी गर्दै महिला दिवसको उद्देश्य साकार पार्न सम्बद्ध सबैको अग्रसरता आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ। यसवर्ष ‘समानताको पुस्ता ः अन्त्य गरौँ हिंसा विभेद र असमानता’ भन्ने मूल नारासहित आइतबार ११०औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछध्र सन्देशमा उल्लेख गरिएको छ, ‘सन् २०३० सम्म हासिल गर्नेगरी निर्धारण गरिएका दिगो विकासका लक्ष्य लैङ्गिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने, न्यायमा पहुँच पु¥याउने जस्ता विषय महिलाको हक संरक्षण र संवद्र्धनमा केन्द्रित रहेका छन्, यी लक्ष्य हासिल गर्न नीति, संरचना र कार्ययोजनासहित नेपाल सरकार अगाडि बढिरहेको छ ।

नेपालको संविधानले लैङ्गिक समानताको प्रत्याभूति गर्न महìवपूर्ण प्रावधानको व्यवस्था गरेको छध्र यसबाट महिलाप्रति हुने हिंसा र विभेद हटाउन ठूलो मद्दत पुगेको छ । सन्देशमा उहाँले यो दिवसले लैङ्गिक समानताका लागि क्रियाशील सम्बद्ध सबैमा थप उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु भन्नुभएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments

सम्बन्धित समाचार