Mon. Apr 29th, 2024

गजल-म नारी हुँ

✍️ तिला लेकाली

प्रकृति हुँ हिमाल गुराँस पहाड हुँ म नारी हुँ
जस्तो बिउ हुन्छ त्यस्तै उमार्ने उर्वर बारी हुँ

बुवा हजुरले मलाई कहिल्यै न कुट्नु, न पिट्नु पर्यो
सङ्लो ब्याबहारले नै त म भएकी आज्ञाकारी हुँ

लेख्छु तमाम बिकृतिहरु जे देख्छु सुन्छु र भोग्छु
लाग्दैलागदैन चिप्लो बोलेर कोही कसैकी प्यारी हुँ

हेर्नै सक्दिन ढाडेले आफ्नै बच्चाले पेट भरेको
त्यही देखेपछि त बनेकी म ब्राह्मचारी हुँ

तिमीसँग केही लिनु दिनु छैन गुनासो पनि छैन
केवल यस समाजले बनाएकी म गान्धारी हुँ

घोप्टाे नेप्टाे पार्यौ बेस्सरी मार्तल बजार्यौ र नै
तिम्रो कुल्चाइले शिखरको गरेकी सवारी हुँ

आँधी ल्याऊ पुल भत्काऊ वा बाँध बाध खोलामा
लाखौं जन लिएर तर्छु, बस्दिन हिँडेकी पारी हुँ ।

तिला लेकाली
बेलबारी,मोरङ।

Facebook Comments