प्रधानमन्त्रीको शल्यक्रिया सफल
काठमाडौं, २०७६ फागुण २१ गते बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको चिकित्सकले बताएका छन् ।
त्रिवि शिक्षण अस्पतालमा बुधबार बिहान १० बजेबाट सुरु भएको मिर्गौला प्रत्यारोपणको शल्यक्रिया सफल भएको उपचारमा संलग्न डा. प्रेम ज्ञवालीले बताउनु भएको छ ।
गोरखापत्र अनलाईनका अनुसार प्रत्यारोपण गरेको मृगौलाले काम गर्न थालिसकेको डा. ज्ञवालीले बताउनुभयो ।
Facebook Comments