Sat. Apr 27th, 2024

विवाह बन्धनमा अफ्रिदी

कराची, २०७९ माघ २१ गते शनिबार । पाकिस्तानका फास्ट बलर शाहिनशा अफ्रिदी विवाह बन्धनमा बाधिनु भएको छ । उहाँले पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीकी छोरी अन्शा अफ्रिदीसँग शुक्रबार कराचीको एक मस्जिदमा विवाह गर्नु भएको हो ।

शाहीनको विवाहमा पाकिस्तानी टिमका कप्तान बाबर आजम, शादाब खान र पूर्व कप्तान सरफराज अहमद लगायतका धेरै स्टार खेलाडीहरु सहभागी हुनु हुन्यो । शाहिनको विवाहको तस्बिर र भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अन्शा पेशाले डाक्टर हुनु हुन्छ । शाहिनशाहले दुई वर्षअघि शाहिद अफ्रिदीकी छोरी अन्शासँग इन्गेजमेन्ट गर्नु भएको थियो । यस अवधिमा कोरोना र लकडाउनका कारण यो जोडी विवाह बन्धनमा बाधिन पाएको थिएन ।

गत वर्ष अस्ट्रेलियामा भएको टी-२० विश्वकपको सेमिफाइनल खेलमा फिल्डिङ गर्ने क्रममा शाहिन घाइते हुनु भएको थियो । गस कारण उहाँले घरेलु मैदानमा इङ्ल्यान्ड र न्युजिल्यान्डसँगको टेष्ट र एकदिवसीय सिरिज गुमाउनु भएको थियो । अहिले उहाँ पूर्णतया फिट भएको र छिट्टै मैदानमा फर्किने पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । एजेन्सी

Facebook Comments