उपसभामुख चयनका लागि बैठक सुरु
काठमाडौं, २०७९ माघ ७ गते शनिबार । प्रतिनिधिसभाका उपसभामुख चयनका लागि बोलाइएको प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार हुनुहुन्छ ।
रानाको प्रस्तावकमा रास्वपाका सोविता गौतम र समर्थकमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ, नेकपा(माओवादी केन्द्र)का नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन हुनुहुन्छ ।
यादवको प्रस्तावकमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला हुनुहुन्छ । बैठकमा दुवै उम्मेदवारका प्रस्तावक र समर्थकले आ-आफना पक्षका उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्नुहुनेछ । दलीयरुपमा संसद्मा प्रतिनिधित्व रहेका दलका नेताले पनि मन्तव्य राख्नुहुनेछ । रासस