Sun. Nov 24th, 2024

प्रचण्ड सरकारमा ३ जना उपप्रधानमन्त्री

काठमाण्डौं, २०७९ पुस ११ गते सोमबार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा तीन जना उपप्रधानमन्त्री नियुक्त हुनुभएको छ । विष्णु पौडेललाई उप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिईएको छ । त्यसैगरी नारायणकाजी श्रेष्ठ र रवि लामिछोलाई उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार र गृहमन्त्रीको जिम्मेवारी दिइएको छ ।

राष्टपति विद्यादेवी भण्डारीले तीनै जना उपप्रधामन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको छ ।

एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई पनि मन्त्री बन्नुभएको छ । यस्तै जनमत पार्टीबाट अब्दुल खान मन्त्रीमा नियुक्त हुनुभएको छ । उनीहरूको जिम्मेवारी पछि तोकिनेछ ।

Facebook Comments