Sat. Nov 23rd, 2024

परिस्थितिको सूक्ष्म अध्ययन गरी अगाडि बढ्ने समाजवादीको निर्णय   

काठमाण्डौं, २०७९ पुस १० गते आईतबार । नेकपा (एकीकृत समाजवादी)ले एक्कासि विकसित मुलुकको राजनीतिक परिस्थितिको अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरेको छ ।

एकीकृत समाजवादीको आज बसेको केन्द्रीय सचिवालयको बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक छलफल गरी उक्त निर्णय गरेको महासचिव डा. बेदुराम भुसालले जानकारी दिनुभयो । बैठक पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको हो ।

Facebook Comments